पत्रपत्रिका
वागमती प्रदेशसभा बैठक अनिश्चित,कानुन निर्माण ठप्प
मकवानपुर । वागमती प्रदेशमा कानुन निर्माण प्रक्रिया ठप्प भएको छ । करिब एक वर्षदेखि कानुन निर्माण प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ गत पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सोझो असर प्रदेशसभामा पनि परेको छ । संघमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन...
भीमफेदी कारागारमा छैनन् स्वास्थ्यकर्मी
मकवानपुर । मकवानपुरको भीमफेदीमा क्षेत्रीय कारागार स्थापना भएको एक दशकभन्दा बढी भइसक्दा पनि स्वास्थ्यकर्मी खटाइएको छैन् । सरकारले क्षेत्रीय कारागारमा चिकित्सकसहित २ जनाको दरबन्दी तोकिदिएको छ । तर अहिलेसम्म कारागारमा कोही पनि आएका छनन् । ‘स्वास्थ्यकर्मीको दरबन्दी छ, तर स्वास्थ्यकर्मी पठाएको छैन,’ जेलर मदन लामाले भने, ‘भीमफेदी कारागार स्वास्थ्यकर्मीविहीन छ ।’ २ वटा...
विद्यालयमाथि हेटौँडा सिमेन्टको रोपवे, जोखिममा तीन सय विद्यार्थी
मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले चुनढुंगा ढुवानीका लागि २२ वर्षअघि सञ्चालन गरेको रोपवे नहटाउँदा स्कुले बालबालिका जोखिममा परेका छन् । ०४२ मा उद्योगले आफ्नो खानीबाट सिमेन्ट उत्पादन क्षेत्रसम्म चुनढुंगा ढुवानीका लागि स्थापना गरेको रोपवे १४ वर्ष सञ्चालन भएर ०५६ देखि बन्द भएको थियो । तर, हालसम्म पनि रोपवेका डब्बा,...
सिंहदरबारमा भीड कमः कर्मचारी व्यस्त, काम चुस्त
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया...
एमालेको नयाँ कीर्तिमान
काठमाडौं । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल...
मौद्रिक नीतिको लक्ष्यमा दबाब, मूल्यवृद्धि ५ वर्षयताकै उच्च
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा औसतमा ६ दशमलव ५ प्रतिशतभित्र उपभोक्ता मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । तर, मङ्सिरमा त्यो शून्य दशमलव ६१ प्रतिशत विन्दु बढी अर्थात् ७ दशमलव...
स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न सम्भव भए १४ वैशाख नभए १४ र...
यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो। तत्कालीन गृहसचिव प्रेमकुमार राईले अनुसन्धानमा संलग्न अधिकारीलाई सरकारी कागज किर्ते गर्नेविरुद्ध...
सुध्रेन प्रहरीको बोली, दैनिक १० वटासम्म उजुरी
नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी...
मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाइने
चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या...