पत्रपत्रिका
ओली देश दौडाहामा
दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर...
सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरे। तर,उक्त सर्वदलीय बैठकमा प्रमुख...
१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग
शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ।...
बुस्टर डोज खोप दिने सरकारको तयारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज...
एमालेमा ‘काउन्टर महाभियोग’बारे छलफल
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि मात्रै नभएर प्रतिनिधि सभा पुनःस्थापनासहित प्रधानमन्त्री नियुक्तिको परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको सत्तारूढ गठबन्धनभित्र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठे पनि त्यो सम्भावना क्षीण देखिएको छ । उता प्रमुख प्रतिपक्षी दल...
सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम सरकारले जम्मा गरेन
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु...
एमालेकै बाटोमा माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय...
सत्तारूढभित्रै मन्त्रालय बाँडफाँट विवाद, मन्त्रालय फुटाएर भाग पुर्याउने तयारीमा मुख्यमन्त्री पाण्डे
मकवानपुर । मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर वाग्मती प्रदेशमा सत्तारूढ दलभित्र विवाद सिर्जना भएको छ । नेकपा (एकीकृत समाजवादी) संसीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले सदनबाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । तर चारदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट र संख्याको विषयमा सहमति हुन सकेन । माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस)...
कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर...
कुन शक्तिले टिकिरहेका छन् जबरा ?
काठमाडौँ । प्रधानन्यायाधीशविरुद्ध बार र बेन्च नै आन्दोलित छन्। सर्वोच्च अदालतका न्यायाधीशले बन्दीप्रत्यक्षीकरणबाहेक मुद्दा हेरेका छैनन्। कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च प्रांगणमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। त्यसलाई देशव्यापी बनाउने निर्णयसमेत नेपाल बारले गरेको छ। पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशदेखि नागरिक समाजसम्मले राजीनामा मागिरहेका छन्। तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा टसमस...