पत्रपत्रिका

उपत्यकामा अति विपन्न परिवारलाई १० हजार

काठमाडौँ । अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् । कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय...

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्। चुच्चे नक्सामा दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि ती क्षेत्रका गाउँमा...

महँगियो ग्यास, सस्तियो बिजुली

काठमाडौँ । नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा...

बारको अल्टिमेटम राणाले नमान्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा रहेका छन् । नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले...

गहुँका लागि मल अभाव

किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने रासायनिक मल डीएपी सरकारसँग छैन । गहुँ लगाउने खेतमा लगाइएको धान किसानले धमाधम काटिरहेका छन् । कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सकारसँग चाहिने मल मौज्दात छैन । गहुँका लागि कम्तीमा ५०...

न्यायाधीशहरुको नयाँ रणनीति बन्दै

काठमाडौँ । गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् । बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत...

को–को छन् डीआईजीको दौडमा ?

काठमाडौँ । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतका डीआईजीलाई नेतृत्व दिनेगरी दरबन्दी थप गर्ने तयारी गरेको हो । यस प्रस्तावलाई स्वीकृति दिन गृहमन्त्री बालकृष्ण खाँण तयार रहेको राजधानी दैनिकमा समाचार...

सहकर्मीबाटै अप्ठेरोमा प्रधानन्यायाधीश

काठमाडौँ । सहकर्मीले असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठेरोमा परेका छन्। पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गरेका छन्। गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएपछि थप विवादमा तानिएका प्रधानन्यायाधीशले सोमबारका लागि...

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको...

यो तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने

काठमाडौँ । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो । ​फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म...