पत्रपत्रिका
जलविद्युत् क्षेत्रलाई सरकारको असहयोग, निर्णय सच्याउन इप्पानको माग
काठमाडौँ । नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये एक मानिएको जलविद्युत् क्षेत्रको विकासमा बाधा पुग्नेगरी सरकारले पछिल्लो समय विभिन्न निर्णय गरेको छ । सरकार मात्र नभएर त्यसका विभिन्न निकायहरूका निर्णयहरू पनि जलविद्युत् क्षेत्रको विकासमा बाधा पुर्याउने खालका देखिएका छन् । आयोजनाको उत्पादन अनुमतिपत्रमा प्रतिबन्ध लगाउने, बीमाशुल्क बढाउने, हकप्रद शेयरमा कडाइ...
चित्लाङ–थानकोट सडकमा चल्न थाले सवारीसाधन
मकवानपुर । सडक निर्माणका क्रममा पटकपटक अवरोधका कारण अलपत्र चित्लाङ–थानकोट सडक खण्ड (गणेशमान सिंह मार्ग)मा सवारी साधन चल्न थालेका छन् । स्थानीयले ६९ वर्षअघि सामान्य ट्रयाक बनाएको मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकालाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने उद्देश्यले २०७० बाट पक्कि निर्माण सुरु गरिएको सडकमा गल्छी, पहरा, खोल्छा र घुम्तीहरुलाई...
सुकुमबासी आयोगले पाएन पूर्णता
काठमाडौँ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकुमबासी आयोग) दुई महिनादेखि दुईजना मात्र पदाधिकारीको भरमा चलेको छ। गत साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो। त्यसको १० दिनपछि सरकारले राष्ट्रिय भूमि...
जनमुखी कार्यक्रम ल्याउने कि भागबन्डा मात्रै गर्ने ?
गाउँ गाउँमा सिंहदरबार आयो भनेर खुसी भएका जनता अहिले निराश छन् । २०७२ साल ३ असोजमा नयाँ संविधान जारी भएसँगै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भयो । सो शासन प्रणाली स्थापनासँगै शक्तिशाली स्थानीय सरकारको अभ्यास सुरु भयो । त्यसैले स्थानीय सहरको सिंहदरबार गाउँमा आयो भनेर खुसी भए...
बहिर्गमनको दबाबमा प्रधानन्यायाधीश
काठमाडौँ । आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन्। राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपालि उनी विवादमा तानिएका थिए। इजलास निर्माणमा मनोमानी गर्नु, अदालतभित्र बढ्दो अराजकतारअनियमितता नियन्त्रण गर्न नसक्नु, उल्टै त्यसको कारक बन्नुजस्ता थप कारण उनी जटिल डिलमा...
दैनिक ४०० मेगावाट विद्युत् खेर
काठमाडौँ । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा...
कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत
काठमाडौँ । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरू हुन सकेको छैन । तल्लो तहको अधिवेशन प्रारम्भ भएको...
ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल र भुसालको चेतावनी
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल...
चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने
काठमाडौँ । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले बताएको...
फोन गर्दै नेता फकाउँदै
काठमाडौँ । मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्। अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला...