समाज/राजनीति
एमाले हेटौंडा उपमहानगर कमिटिमा कार्कीले मारे बाजी
हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटिमा बोलबहादुर कार्की विजयी भएका छन् । एमाले हेटौंडा उपमहानगरपालिकाको दोश्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । आज भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै विजयी बन्दा उनको निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठ `जेन´ले १३३ मत प्राप्त गरे । उपाध्यक्षमा...
हेटौंडा – १२ काङ्ग्रेसले जित्दा , उपमहानगरमा शुन्य बन्यो माओवादी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनबाट नेपाली कांग्रेसले जित निकालेसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो । यसअघि माओवादीका लिलतबहादुर घलानले...
हेटौंडा १२ उपनिर्वाचन अपडेटः १२ बजे सम्म ४१ प्रतिशत मत खस्यो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा भइरहेको उपनिर्वाचनमा हाल सम्म ३ हजार ३ सय १२ जनाले मतदान गरेका छन् । दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयीस्थत मतदान केन्द्रमा पुरुष ९८० र महिला ९२३ गरि जम्मा १९०३ मत खसेको छ भने विष्णु मावि स्थित मतदान...
हेटौंडा-१२ उपनिर्वाचनः लोकप्रियता जाँच्दै एमाले काँग्रेस, विरासत जोगाउने ध्याउन्नमा माओवादी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका—१२ मा वडाध्यक्ष पदको निर्वाचनमा आफ्नो दलको उम्मेदवारका लागि मत माग्न राजनीतिक दलका नेता–कार्यकर्ताले घरदैलो गरिरहेका छन् । यस वडामा माओवादी केन्द्र विरासत जोगाउन कस्सिएको छ भने सत्तारूढ कांग्रेस र एमालेले लोकप्रियता मापनका आधार बनाएका छन् । राप्रपा, रास्वपा र एकीकृत समाजवादीले पनि उपनिर्वाचनबाट आफ्नो दलको हैसियत नाप्न...
रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कास्की हिरासतमा रहेका उनलाई गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएकोले पुनः अदालत उपस्थित गराइएको हो । उनीसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं र रामकुमार खनाललाई पनि अदालतमा उपस्थित...
बिपी काङ्ग्रेसका सभापतिसहित चार जना एमाले प्रवेश
हेटौंडा । मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी चार जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस (बिपी) का जिल्ला सभापति रमेश ढकालसहित नेकपा माओवादीका नेता नारायण ढकाल, नेकपा एकीकृत समाजवादीका सानुभाई विश्वकर्मा तथा विनोद रिजाल पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमालेका प्रचार विभाग प्रमुख उज्वल चौलागाईंले जानकारी...
हेटौंडा १२ मा वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी
हेटौंडा । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदको लागि १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । वडा निर्वाचन अधिकृतको कार्यालयमा आईतवार १४ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाली काङ्ग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र...
बागमतीमा ७ वर्षमा ५ पटक मन्त्रालय फुटाइयो
हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले सरकारको नेतृत्व गरेको साढे तीन महिनामै मन्त्रालय फुटाए । प्रदेश मन्त्रिपरिषद्बाट मंगलबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय भएको छ । जानकारहरुका अनुसार कांग्रेसबाट ११२ दिनदेखि विनाविभागीय मन्त्री रहेका मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइएको...
हेटौंडा–१२ मा रास्वपाले आशाबिर बललाई उम्मेद्वार बनाउने
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको लागि आशाबिर बललाई उम्मेद्वार बनाउने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ। आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले बललाई वडा अध्यक्षको उम्मेद्वारमा रास्वपा...
बेरोजगार मन्त्रीलाई काम दिन मन्त्रालय फुटाउने तयारीमा बागमती प्रदेश सरकार
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजनको तयारी गरेको छ । सरकार गठन भएसँगै मन्त्रालयको भागबन्डामा समस्या भोग्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आफ्नो मन्त्रिपरिषद्का एक मन्त्रीलाई विभागीय जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गर्न लागेका हुन् । गत साउन ९ गते कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा कांग्रेस र...