समाज/राजनीति
रास्वपा हेटौंडाले आफ्ना मन्त्रीहरुका लागि सुझाव संकलन गर्ने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) हेटौंडा नगर समितिले आफ्ना मन्त्रीहरुका लागि सुझाव संकलन गर्ने भएको छ । सरकारमा सहभागि भएका आफ्ना पार्टीका मन्त्रीहरुका लागि रास्वपा हेटौंडा नगर समितिले आम नगरिकको समस्या र सुझाव संकलन गर्ने भएको हो । नगरसमितिको बिहिबारको बैठकले पार्टीको भागमा परेको मन्त्रालयमा आम जनसमुदायका चासोको विषय,समस्या...
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्। दुई सय ६८ सांसद् उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा एक सय ५७ मत पर्यो भने विपक्षमा एक सय १०...
एमाले थाहानगरपालिका अध्यक्षमा प्रधान
मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी एमाले थाहा नगरपालिका अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन भएका छन् । एमालेको थाहा नगरपालिकाको तेश्रो अधिवेशनले अध्यक्षमा प्रधानलाई अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्ष्यमा हेम कुमार थिंङ, सचिबमा सुजन रायमाज़ी, उपसचिबमा तुलसा बिष्ट, उपसचिबमा सूर्यबहादुर दोङ लगायतका चयन भएका छन् । कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक...
विकास र समृद्विकाे लागि एमाले सरकारमा: सचिव सिग्देल
मकवानपुर । राष्ट्रियता रक्षा गर्न, गणतन्त्र सुदृढ गर्न र विकास र समृद्विकाे लागि नेकपा एमाले बलियाे हुनपर्ने र सरकार सञ्चालन गर्नुपर्ने नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले बताउनु भयाे । बाग्मती गाउँपालिका वडा नं. ६ काे विहिबार भएकाे भेलामा बाेल्दै सिग्देलले नेकपा एमाले सरकारमा हुँदा जनतामा आशा...
बागमती सरकारबाट बाहिरियो काङ्ग्रेस
हेटौंडा । बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा...
एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल
मकवानपुर । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित...
बागमतीमा कांग्रसले पनि सरकार बनाउन सक्ने,यस्तो छ गणित
मकवानपुर । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन विजारोपण भैरहँदा त्यसको असर प्रदेशमा पनि देखिने भएको छ । केन्द्रमा बनेको गठबन्धनमा राप्रपा सहभागी नभएर प्रतिपक्षी दलको रूपमा रहने सार्वजनिक अभिव्यक्ति आएपछि त्यसको असर बागमतीमा पर्ने देखिएको हो । तर, बागमतीमा ३ सीट रहेको नेमकिपा र २ सीट रहेको हाम्रो नेपाली पार्टी...
एमाले थाहा नगर अधिवेशनको उद्घाटन ईश्वर पोखरेलले गर्ने
मकवानपुर । नेकपा (एमाले)को थाहा नगरपालिका अधिवेशनको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने भएका छन् । फागुन २८ गते प्रमुख अतिथि पोखरेलले जेसीज हलमा हुने तेस्रो नगर अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको एमाले नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले जानकारी दिए...
रास्वपा नगर उपसभापतिमा कुँवर
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) हेटौंडा उपमहानगर पालिका उपसभापतिमा हरिबहादुर कुँवर चयन भएका छन् । रास्वपा हेटौंडा नगर समितिको आज बसेको बैठकले कुँवरलाई उपमहानगरको उपसभापतिमा चयन गरेको हो । बैठकले हालका उपसभापति सपना कँडेल कार्यब्यस्थताका कारण जिल्ला बाहिर रहनु परेकाले कुँवरलाई चयन गरिएको नगर सचिव प्रेम लामिछानेले जानकारी दिए...
कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)
काठमाडौं। नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यी हुन् मनोनीत...