समाज/राजनीति
केपी ओलीलाई संसदले प्रधानमन्त्री बनाएको हाे: वर्षमान पुन
स्याङजा । नेकपा माधव-प्रचण्ड समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक-एक...
अनेरास्ववियूको सिंहदरबार घेराउ, लगाए ‘वी हेट ओली’को नारा
काठमाडौं। नेकपा माधव-प्रचण्ड निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीँ बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् । विद्याथीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो...
अवैध ४९ लाखसहित भारतीय पक्राउ
कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ...
बिराटनगरमा पनि आकाशे पुल, २ करोड ३९ लाख लागत
विराटनगर । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड ९घाँसचोक० गरी...
भागरथी भट्टको हत्यारालाई तुरुन्त कारवाही गरः माधव-प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्षद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न सरकारसँग माग गरेका छन् । अध्यक्षद्धयले शनिबार विज्ञप्ति निकाल्दै किशोरीको विभत्स हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग अनुरोध गरेका हुन् । कञ्चनपुरकी...
ओली आलोचना सुन्नै नसक्ने व्यक्ति हुनः माधव नेपाल
काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आलोचना सुन्नै नसक्ने खराब बानी परेका नेता भएको आरोप लगाएका छन् । शनिबार मिडिया एलायन्ससँगको अन्तरक्रियामा अध्यक्ष नेपालले ओली प्रशंसाको भोको रहेको र कसैले आलोचना गर्ने बित्तिकै उनी आक्रोशित हुने गरेको बताएका हुन्। उनले आफूहरुले ओलीको आलोचना गरेको...
भारतपछि चीनले पाँच लाख डोज कोरोना खोप अनुदानमा दिँदै
काठमाडौं । चीनले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच भएको टेलिफोन वार्तामा चिनियाँ विदेश मन्त्रीले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने सहमति बनेको हो । चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाललाई पाँच लाख डोज...
कमजोरी स्वीकार गर्दै देश र पार्टी बनाउने श्वेत पत्र जारी गर्दै माधव-प्रचण्ड
काठमाडौं । नेकपा माधव प्रचण्ड समुहले श्वेत पत्र जारी गर्ने भएको छ । प्रतिनिधी सभा विघटन, पार्टी विभाजन, जन जीवीकाका सवालमा पार्टीका भावी योजना लगायतका विषय समेटेर श्वेत पत्र जारी गर्न लागिएको अध्यक्ष प्रचण्डले बताए । उनले ओली सरकारका कमजोरी, आफ्नो भूमिकाको आत्मालोचना, पार्टी र देश बनाउने भावी योजनालाई...
एमसीसी रिजेक्ट गरेको छैन् र समर्थन पनि गरेको छैन: प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना रिजेक्ट नगरेको र समर्थन पनि नगरेको स्पष्ट पारेका छन। बिहिबारको आम हड्ताल र आगामी योजनाबारे जानकारी दिन नेकपा बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले एमसीसी रिजेक्ट पनि नगरेको र हालसम्म समर्थन पनि नगरिएको स्पष्ट पारेका हुन् । बिहिबारको हड्तालमा...
झडपमा मातृका यादव गम्भीर घाइते, अण्डोषमा लाग्यो चोट
काठमाडौं । प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । जनकपुरको शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका हुन् ।