समाज/राजनीति

फरक क्षेत्रमा काम गरेका महिलालाई सम्मान गर्नु सकारात्मकः मन्त्री काफ्ले

हेटौंडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले रेडियो मकवानपुरले फरक क्षेत्रमा चुपचाप काम गरिरहेका महिलालाई सम्मान गर्नु सकारात्मक काम भएको बताएका छन् । बुधबार रेडियोले हरितालिका तीजको अवसरमा डकर्मी र खेलकर्मी गरी दुई महिलालाई सामुदायिक सम्मान प्रदान गरेको छ । सामान्य कामबाट पनि महिलाहरुको...

एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाईं 

हेटौंडा । जिल्लाकै सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । सल्लाहकार कमिटी अध्यक्षमा उनको दोस्रो कार्यकाल हो । हुमागाई मकवानपुरमा कम्युनिष्टको...

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता

हेटौंडा। बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । बुधबार हेटौंडामा भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८१\०८२ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरू र जिम्मेवारीका बारेमा मुख्यमन्त्री बहादुर सिं लामा तामाङसँग प्रदेशका मन्त्रीहरूले कार्यसम्पादन करार सम्झौता गरेका हुन् । कार्यक्रममा ११ जना मन्त्रीबिच कार्यसम्पादन करार...

बागमतीमा हेरेर अरु प्रदेशले संघीयता सञ्चालन गर्न सिक्ने : मन्त्री काफ्ले

हेटौंडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अरु प्रदेशहरुले संघीयता कसरी सञ्चालन गर्न सकिन्छ भनेर बागमती प्रदेशलाई हेरेर सिक्ने अवस्था बनाउने उद्घोष गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस इकाई समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले यसो भनेका...

रास्वापा पनि कर वृद्धिको विरोधमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विरोध जनाएको छ । हालै सम्पन्न नगर परिषद्को सभाले विभिन्न क्षेत्रमा १०० देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेकोप्रति रास्वपाले विरोध गरेको हो । रास्वपाले यस निर्णयको घोर भर्त्सना र निन्दा गरेको छ । पालिकाले गरेको कर...

प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई ईन्चार्ज भट्टराईको निर्देशन

हेटौंडा। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । मंगलवार बागमती प्रदेश नेकपा एमाले संसदीय दलको कार्यालयमा एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई सम्बोधन गर्दै इन्चार्ज भट्टराईले यस्तो निर्देशन दिएका हुन् । इन्चार्ज डा.भट्टराईले पछिल्लो समय प्रदेशप्रति...

वर्तमान गठबन्धन स्थायीत्वको लागि हो: पुर्वमन्त्री थपलिया 

हेटौंडा । बागमती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि बर्तमान गठबन्धन बनेको बताउनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै थपलियाले स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने...

मकवानपुरगढीमा कांग्रेस, माओवादी त्यागेर ९० जना एमाले प्रवेश

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ९० जनाले नेकपा एमालेको सदस्यता लिएका छन् । मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा एमालेमा प्रवेश...

मकवानपुरका सात जना एमाले नेतालाई नयाँ जिम्मेवारी

हेटौंडा । नेकपा एमालेको काठमाडौंमा बिहीवार बसेको सचिवालय बैठकले मकवानपुरका सात जना नेतालाई पार्टीको थप महत्वपूर्ण नयाँ जिम्मेवारी तोकेको छ । नयाँ जिम्मेवारी पाउने नेतामा केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, सुवासचन्द्र ठकुरी, महेशकुमार बर्तौला, भारती पाठक र जुनेलीमाया श्रेष्ठ रहेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३७...