समाज/राजनीति

यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौँ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्...

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज (सोमबार) बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका...

मन्त्रीको नाम टुंगो लगाउन बालकोटमा एमालेको छलफल

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा एमालेले छलफल सुरु गरेको छ । सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाउन एमाले अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु छलफलमा बसेका हुन् ।

बागमती सरकारबाट बाहिरियो एमाले

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सामूहिक राजीनामा बुझाएर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राजीनामा दिनुहुनेहरुमा बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी...

एमाले मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको...

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौँ । एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । नेपाली...

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । आज बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । बैठकपछि बोल्दै...

एमालेको सचिवालय बैठक सुरू

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरू भएको हो । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।...

रास्वपाले माग्यो मदन भण्डारी प्रतिष्ठानसँग यी सूचना

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग विभिन्न सूचना माग गरेको छ । रास्वपा हेटौंडा उपमहानगर समितिले सूचनाको हक बमोजिम दश वटा सूचना माग गरेको हो । रास्वपाले प्रतिष्ठानसँग सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफ ३ र ७ बमोजिम सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि...

झलनाथको समर्थन घनश्यामलाई, एक्लीए माधव

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन्...