समाज/राजनीति

प्रतिपक्ष दलको अवरोध पछि बागमतीको संसद् बैठक स्थगित

हेटौंडा । प्रतिपक्ष दलको अवरोध पछि बागमती प्रदेशको संसद् बैठक स्थगित गरिएको छ । बिहीबार बसेको बैठकमा प्रतिपक्ष दलहरूले बजेटमा असन्तुष्टि जनाउँदै संसद् बैठक अवरुद्ध गरेका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध जनाउँदै संसद् अवरुद्ध पारेका थिए । सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको...

नेपाल–भारत सीमा तारबार गरौँ : बर्तौला

काठमाडौं । सत्तारूढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी भइसकेको बताए। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित छलफलमा बर्तौलाले खुला सीमाका कारण अपराध बढेको...

प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसनको उद्घाटन

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा नवनिर्मित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार हेटौंडामा निर्मित ४००/२२०/१३२/११ केभी सबस्टेसनको उद्घाटन गरेका हुन् । हेटौंडा सबस्टेसनका प्रमुख शुक्रराज देवकोटाले देशकै तेस्रो ठूलो उक्त सबस्टेसनको निर्माण सम्पन्न भएसँगै चार्जिङ गर्ने काम समेत भइसकेको जानकारी...

हेटौंडा अस्पतालको अस्तित्व कायम राख्न रास्वपाको माग

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिनमा आउने भनिएको हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने माग सार्वजनिक भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)  मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतले बिहीबार विज्ञप्ति जारी गर्दै हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग गरेका छन्। २०१८ सालबाट स्थापना भई...

प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान गरेका छन् । नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् । प्रधानमन्त्रीको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित ७ जना छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किनेछन् ।...

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल विजयी

मकवानपुर । नेकपा (एमाले) मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी इन्द्रमान स्याङतानलाई ५१ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । पोखरेलले ३१३ र पराजित भएका  स्याङतानले २६२ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार लालबहादुर थापाले १६६ र देवराज रिमालले...

एमाले मकवानपुर : नयाँ नेतृत्वको लागि आज मतदान

मकवानपुर । नेकपा (एमाले) मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । गत शुक्रबारबाट हेटौंडामा सुरु भएको १२औँ जिल्ला अधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । अध्यक्षका लागि शनिबार रघुनाथ खुलाल, श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल र इन्द्रमान स्याङतान गरी पाँच जनाले उम्मेदवारी  दिएका...

एमाले मकवानपुर : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, अध्यक्षमा ५ जनाको उम्मेदवारी

मकवानपुर । नेकपा एमाले मकवानपुरको अधिवेशन जारी रहेको छ । शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएसँगै आजबाट नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रीया सुरु  भएको हो । एमाले जिल्ला निर्वाचन कमिटीले जारी गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्...

कमल थापालाई एमालेको उम्मेदवार बनाउनु गलत : शंकर पोखरेल

मकवानपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत निर्वाचनमा मकवानपुरमा पार्टीबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भएको बताएका छन् । शुक्रबार एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले थापालाई उम्मेदवार बनाउनु गलत भएको बताएका हुन् । ‘राष्ट्रिय राजनीतिलाई एकप्रकारले सही बाटोमा अगाडि बढाउनका...

एमाले मकवानपुरको अधिवेशन जेष्ठ १८ र १९ गते, उद्घाटन अध्यक्ष ओलीले गर्ने

हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेष्ठ १८ र १९ गते हुने भएको छ । हेटौंडामा हुने एमाले मकवानपुरको १२ औं अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । अधिवेशनको उ‌द्घाटन जेठ १८ गते अध्यक्ष ओलीबाट हुने र विशिष्ट अतिथिहरुमा पार्टीका केन्द्रीय नेताहरु रहने मंगलबार...