समाज/राजनीति

एमाले मकवानपुरमा अधिवेशनको तयारी तिब्र, उद्घाटन अध्यक्ष ओलीले गर्ने

हेटौंडा । नेपाल कम्युनिष्ट पाटी (एमाले) मकवानपुरको चुनावी तयारी तिब्र रुपमा भइरहेको छ । यही जेठ १८ र १९ गते हेटौंडामा हुने १२ औं अधिवेशनको तयारी व्यापक भइरहेको हो । अधिवेसनको उद्घाटन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ । अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने...

बागमतीका सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

हेटौँडा । बागमती प्रदेश सभा सचिवालयको आह्वानमा आज हेटौँडामा सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रि–बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । साथै...

इलाम २ मा एमालेका सुहाङ विजयी, रास्वपाको जमानत जफत

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ...

राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढीको प्रशिक्षण

हेटौंडा ।  राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको आयोजनामा शनिबार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरगढीका युवाहरुलाई आज विभिन्न विषमा विभिन्न व्यक्तिहरु द्वार प्रशिक्षण दिएको हो । जसमा नेकपा एमाले जिल्ला कमिटि...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने

हेटौंडा । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले मुलुक माओवादीको एजेन्डामा हिंडेकोले कहिल्यै माओवादी कमजोर नहुने बताउनुभयो । शुक्रबार नेकपा माओबादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कमिटिको नवनिर्वाचित कमिटिको सपथग्रहण, प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै इन्चार्ज लामिछानेले माओबादी केन्द्रको नेतृत्वमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नु ऐलेको...

बागमतीका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने

हेटौंडा । बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरुले बार्षिक प्रतिवेदन संकलन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई निर्देशन दिएका छन् । मंगलबार (आज) औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको अवलोकन गर्दै मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् ।...

सरकारी कार्यालयमा स्वदेशी काठ प्रयोग गर्ने योजना ल्याउनेः मन्त्री पोखरेल

हेटौंडा । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले मन्त्रालय मातहतका सरकारी कार्यालयमा स्वदेशी काठ प्रयोग गर्ने योजना ल्याउने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको तेश्रो त्रैमासिक प्रगति समीक्षा एवम् योजना तर्जुमा गोष्ठीलाई मङ्गलवार हेटौँडामा सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारी कार्यालयमा प्रयोग गरेर बाँकी रहेको...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम

मकवानपुर । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी पुनरोदयको सन्निकट रहेको दाबी गर्नुभएको छ। नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १ को दोश्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता गौतमले व्यवस्था बदलेर आएको नेकपा माओवादी २०६४ सालम सबैभन्दा ठूलो शक्तिको रुपमा जनअनुमोदित...

संघीय सरकारलाई बागमतीका वन मन्त्री पोखरेलको  प्रस्ताव : सरकारी भवनमा स्वदेशी काठको अनिवार्य  प्रयोगको व्यवस्था गरौं

मकवानपुर । बागमती प्रदेश सरकारले सरकारी र सामुदायिक भवन निर्माणमा स्वदेशकै काठ प्रयोगका लागि नीतिगत व्यवस्था मिलाउन संघीय सरकारसँग माग गरेको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेलले संघीय सरकारका वन तथा वातावरणमन्त्री नवल किशोर साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वदेशी काठ प्रयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह...