समाचार

इन्द्रसरोवरको दुबै ढोका खोलेपछि घट्न थाल्यो पानीको सतह

हेटौंडा । लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको इन्द्रसरोवरको दुइवटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको छ। भरिएर १ हजार ५३१ मिटर पुगेको जलसतह १ हजार पाँच सय ३०.६९ मिटर आइपुगेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलासयको दुबै ढोका आम्सिक रुपमा खुला गरेपछि...

भरिन लाग्यो मकवानपुरको इन्द्रसरोवर ताल, सतर्कता अपनाउन आग्रह

हेटौंडा। लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिने चरणमा पुगेको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १...

हेटौंडाको नकौलीमा निःशुल्क आँखा शिविर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– १ नकौलिमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । हेटौंडा सामुदायीक आँखा अस्पतालको प्रबिधीक सहयोग तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा अस्पतालले क्योर व्लाइडनेस परियोजना अन्तरगत नकौली शहरी स्वास्थ्य केन्द्र बाझोडाँडामा सञ्चालन गरेको शिबिरमा १ सय ४०...

थाहा नगरपालिकाद्वारा खोलामा माछा मार्न रोक

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खोलामा माछालगायत जलचर मार्ने कार्यलाई रोक लगाएको छ । थाहाले खोलामा करेन्ट लगाएर माछा मार्ने ५ जनाको समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । पालिकाबाट खटिएको नगर प्रहरीले सोमबार माछा मार्ने उक्त समूहको २ वटा बाल्टिन र ५० मिटर विद्युत् जडान...

बागमतीको खेल विज्ञमा श्रेष्ठ मनोनित

हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुक्राव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन...

दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले...

हेटौंडा ९ बालमैत्री वडा घोषणा गरिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बालमैत्री वडा घोषणा हुने भएको छ । यहि असोज ११ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै गरेको हो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै नगरको बालमैत्री वडामध्य सातौं वडा हेटौंडा–९...

हस्तकलाग्राम स्थापना तथा संचालन गर्न बनेको विधेयक बागमती प्रदेश सभाबाट पारित

हेटौंडा । बागमती प्रदेशले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सोमवार बसेको बागमती प्रदेश सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले पेस गरेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्तावलाई...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो । जिल्ला अदालतले तीन दिन...

रास्वपा केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको घुइँचो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने हल्लासँगै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको घुइँचो लागेको छ। घण्टीघरमा सञ्चारकर्मीको समेत बाक्लो उपस्थिति छ। राजधानी काठमाडौंमा उपलब्ध रास्वपाका अधिकांश केन्द्रीय नेता कार्यालयमा भेला छन्।