समाचार

बागमती प्रदेशसभाबाट बनेका ऐन कार्यान्यनमा सरोकारवालाहरुको जोड

हेटौंडा । बागमती प्रदेशसभाबाट पारित भएका कानून कार्यान्यनमा सरोकारवालाहरुले जोड दिएका छन् । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा आज हेटौंडामा आयोजित कार्यक्रममा सहभागिहरु र सांसदहरुले यस्तो कुरा बताएका हुन् । बागमती प्रदेशसभाबाट पारित भएका कानून र यसको...

बन्चरो प्रहार गरेर श्रीमती हत्या गरेको मकवानपुरका युवक कारागार चलान

हेटौँडा । मकवानपुरमा बन्चरो प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका युवालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले कैलाश गाउँपालिका-५ कालीखोलास्थित काफलडाडाँकी २२ वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको आरोपमा २६ वर्षीय पति मंगलबहादुर पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको...

हेटौंडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु

हेटौंडा । हेटौंडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ गोरक्षेश्वर मन्दिर स्थित पुर्व पश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । हेटौंडा बजारबाट थानाभर्याङ तर्फ जादैँ गरेको साईकललाई ग्याँस बुलेटले ठक्कर दिई घाईते बनाएकोमा गएराती हेटौंडा अस्पतालमा उपचारका...

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक...

रेडक्रसले बिपत्तिको समयमा काम गरेको छ- मन्त्री थापा

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले आयोजना गरेको जिल्ला जुनियर/युवा रेडक्रस समिति प्रधानाध्यापक गोष्ठीको सम्पन्न भएको छ । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले  उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै रेडक्रसको विश्वव्यापी प्रभाव, नेपालमा यसको भूमिका र भविष्यको योजनाहरू र बिपत्तिको समयमा गरेको कामको बारे विस्तृत चर्चा...

हेटौंडामा १ करोड ३५ लाख मुल्यको लत्ताकपडा तथा सवारी साधनसहित २ भारतीय पक्राउ

हेटौंडा । हेटौंडामा १ करोड ३५ लाख मुल्यको लत्ताकपडा तथा सवारी साधनसहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा अबैध रुपमा भन्सार छली गरिल्याएका लत्ताकपडा लगायतका सामानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरीबाट हेटौंडा हुँदै काठमाण्डौ जाँदै गरेको ध्द्यद्धढल्द्दज्ञठड नम्बरको भारतिय ट्रकलाई...

संविधान कार्यान्वयनमा क्रियाशिल शक्तिहरुको उच्चतम समझदारी आवश्यकः प्रदेस प्रमुख देवकोटा

मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनु भएको छ । संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा प्रदश प्रमुख देवकोटाले शुभकामना सन्देश दिंदै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको औल्याउनु भएको छ ।...

संविधान दिवसको अवसरमा हेटौंडामा बागमती प्रदेश सरकारको प्रभातफेरी

हेटौंडा। संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो । बिहान ७ बजे हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट...

प्रदेश प्रमुख देवकोटाले बुझे मानव अधिकार आयोगको प्रतिवेदन

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई आ.व. २०८०/८१ को गतिविधि तथा मानव अधिकारको अवस्था बारेको प्रतिवेदन बुझाएको छ । आयोगका उपसचिव पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन बुझाउनु भएको हो । यस प्रदेशमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधारोन्मुख...

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई...