समाचार

विद्यार्थीको खाजा जोहो गर्न जनजागरणको आर्थिक सहयोग

हेटौंडा । बर्षे बिदामा समेत विद्यालय नियमितरुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा नं. २ स्थित घाटदेबी निमाबिका बिद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्थापन गर्न जनजागरण समाज, थाहा २ ले ३४ हजार ८ सय साठ्ठी रुपैंया नगद सहयोग गरेको छ । दुई बर्ष पहिले स्थापना भएको जनजागरण समाजले समाजका सदस्यहरुबाट संकलन गरेको...

थाहानगरमा सेयर अभिमुखिकरण तालिम हुने

मकवानपुर । लियो क्लब अफ पिस थाहानगरले १ दिने सेयर अभिमुखिकरण तालिम सञ्चालन गर्ने भएको छ । गत शनिवार क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २२ गते शनिवार थाहा नगरमा सेयर अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । सेयर अभिमुखिकरण तालिमको नेपाली सेयर बजारका बिज्ञ...

हेटौंडामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले मागे विशेष नगरसभा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधिले विशेष नगरसभाको माग गरेका छन् । उपमहानगरपालिकाले गरेको राजस्व वृद्धिको विवादबीच एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विशेष नगरसभा माग गरेका हुन् । एमालेका तर्फबाट नगरसभामा सदस्य रहेका ४८ जनाले हस्ताक्षर संकलन गर्दै बुधबार नगरसभाको माग गरेको हो । उपमहानगरपालिकाले चालू आर्थिक वर्षका...

स्थानीय तहमा उपनिर्वाचन गराउन आयोगको गृहकार्य

काठमाडौँ । स्थानीय तहमा रिक्त रहेका पदहरूमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले गृहकार्य थालेको छ । आयोगले उपनिर्वाचनलाई लक्ष्य गरेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन मंगलबार सार्वजनिक आह्वान गरेको छ । विभिन्न स्थानीय तहमा ३४ पद रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा...

गौरीटार रंगशालाको काम समयमै सक्न खेलकुदमन्त्री महर्जनको निर्देशन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा उपमहानगपालिका–६ स्थित गौरीटार रंगशाला निरीक्षण गर्दै तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। खेलकुद क्षेत्रमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेको भन्दै उनले यसको प्रभाव समग्र खेलकुद क्षेत्रमा पर्ने गरेको बताए। गौरीटार रंगशाला निर्माणको उद्देश्यअनुरूप...

बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ । आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सुदूरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री...

खोलाले बगाएर मकवानपुरमा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५ पावसस्थित सिमात खोलाले बगाएर ६५ वर्षीय आशाकाजी दोङको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनी १० बजे घरबाट पैसा झिक्न भन्दै चेक बोकेर बैंक भएको ठाउँ गरगरे...

आज देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा...

लायन्सको स्थापना दिवसमा मन्दिर परिसर सरसफाई तथा रङरोगन

हेटौंडा । नेपालमा लायन्स क्लब स्थापना भएको दिनको अवसरमा लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको आयोजना एवम् पाथीभरा क्षेत्र संरक्षण समितिसँगको समन्वयमा थाहा नगरपालिका वडा नं‍ २ स्थित पाथीभरा मन्दिर परिसरमा सरसफाई तथा रङरोगन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार लियो क्लब अफ पिस...

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट...