समाचार

विदेशी लगानी ल्याउन राष्ट्र बैैंकको पूर्व स्वीकृति अनिवार्य नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने कम्पनीहरुलाई पुर्वस्वीकृति दिनै पर्ने व्यवस्था संसोधन गर्न लागेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था संसोधन गर्न लागेको हो । “विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति...

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई अक्वायर गर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई एक्वायर गर्ने भएको छ । दुबै संस्थाबीच माघ २६ गते गाभ्ने-गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । खारामा केन्द्रिय कार्यालय रहेर १० जिल्ला कार्यक्षेत्र बनाएको नेपाल एग्रोका तर्फबाट सञ्चालक बिवेक श्रेष्ठ र इन्फिनिटीका तर्फबाट सञ्चालक बलराम बिष्टले हस्ताक्षर...

सुर्खेतमा ६ महिनामै १३६ करोडको तरकारी फलफल बिक्यो, बढ्दै उत्पादन पनि

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७।७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोड रुपैयाँको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको अर्थ बजारको तथ्यांकलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६ सय रुपैयाँको कारोवार...

धुर्मुस-सुन्तलीलाई क्रिकेट रंगशाला बनाउन करोडौं दिन्छु भन्ने अधिकांशले एक पैसा पनि दिएनन्

चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म ९ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई कात्तिक २१ गते कायम मुकायम कार्यकारी निर्देशक बनाइएको थियो । शाक्य एनईए इञ्जिनियरिङ कम्पनीका प्रमुख थिए ।...

शिवम् सिमेन्ट्सले छ महिनामा कमायो ५८ करोड ९६ लाख नाफा, अरु सूचक कस्ता ?

काठमाडौं । शिवभ् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । शिवम्ले गत आर्थिक वर्षको सोही अवधीमा ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। शिवम्ले गत आवको दोश्रो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधीमा आफ्नो नाफा १६.१३ प्रतिशतले...

ग्रीन लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ भर्न आज अन्तिम दिन हो । हिजोसम्म ग्रीन लाइफको आईपीओमा १० लाख ९१ हजार २ सय५१ वटा आवेदन परिसकेको छ । कम्पनीले माघ २३ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता...

गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार अनिश्चित कालका लागि रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार अनिश्चित कालका लागि रोक्का गरेको छ । आर्थिक वर्ष २०७५।७६ को वित्तिय विवरण नेपाल धितोपत्र बोर्डमा पेश नगरेपछि बोर्डकै निर्देशन अनुसार गुराँसको सेयर कारोबार नेप्सेले रोकेको हो । धितोपत्र बोर्डले समयमै साधारण सभा नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का...

आरती राणा बनिन सनराइज बैंकको डेपुटी सिइओ

काठमाडौं । सनराइज बैंकको डेपुटी सिइओमा आरती राणा नियुक्त भएकी छिन् । सोमबार बसेको सञ्चालक समिति बैठकले राणालई डेपुटी सिईओ नियुक्त गरेको हो । उनी बढुवा भएर नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ) बनेकी हुन् । विगत १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको...

सिटिजन लाइफ इन्स्योरेन्सको लोभलाग्दो प्रगति, आइपीओ यसै पाली

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लोभ लाग्दो प्रगति गरेको छ । यसैपाली आईपीओ ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको सिटिजनले बीमा कोष १३० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्व ४ करोड रुपैयाँ बीमा कोषमा रहेको...