समाचार
सानिमा लाइफको बीमा शुल्क अर्ब नजिक, आइपीओ कहिले ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अर्ब नजिक पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो बीमा शुल्क १३४.७७ प्रतिशतले बढाएर ९५ करोड ६३ लाख पुर्याएको हो । गत आवको सोही अवधीमा त्यस्तो बीमा शुल्क ४० करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो...
आर्थिक वृद्धिदर सोचे जस्तो हुने अवस्था छैन्ः उपाध्यक्ष कँडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले चालु आर्थिक वर्षमा सोचे जस्तो आर्थिक वृद्धिदर प्राप्त गर्न मुस्किल भएको बताएका छन् । सरकारले चालु आर्थिक वर्षमा तोकिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने उपाध्यक्ष कँडेलले बताएका हुन् । दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६ (२०१९ प्रतिवेदन...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाल्याे अभ्यास
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीका प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनि गरेका छन् । एक साताअघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक...
केपी ओलीलाई संसदले प्रधानमन्त्री बनाएको हाे: वर्षमान पुन
स्याङजा । नेकपा माधव-प्रचण्ड समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक-एक...
नेप्सेमा दोहोरो रेकर्डः कारोबार रकम दश अर्ब नाघ्यो, परिसूचक २५२४ माथि
काठमाडौं । आइतबार सेयर बजारमा दुई वटा रेकर्ड कायम भएका छन् । नेप्से परिसूचक ४८.९७ अंकले बढेर २५२४.२३ अंक पुगेको छ । त्यस्तै, कारोबार रकम पनि १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ४ सय ४ रुपैयाँ पुगेको छ । आइतबार २०२ कम्पनीको एक करोड ७७ लाख ३६...
पूर्वी नाका खुकुलो, काँकडभिट्टाबाट समेत आवतजावतमा सहज
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी,...
अनेरास्ववियूको सिंहदरबार घेराउ, लगाए ‘वी हेट ओली’को नारा
काठमाडौं। नेकपा माधव-प्रचण्ड निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीँ बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् । विद्याथीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो...
अवैध ४९ लाखसहित भारतीय पक्राउ
कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ...
हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, जलविद्युत् आयोजनाका एक सय ५० मजदुर वेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ । हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरूमा क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको...
बिराटनगरमा पनि आकाशे पुल, २ करोड ३९ लाख लागत
विराटनगर । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड ९घाँसचोक० गरी...