समाचार

राष्ट्र बैंकमा बढुवा किचलोः गभर्नर विरुद्ध कम्युनिष्ट-काँग्रेस एक जुट

काठमाडौं । नेपाल राष्ट्र बैंकमा बढुवा किचलो सुरु भएको छ ।राष्ट्र बैंकले माघ २१ ग्ते प्रशासन सेवा तर्फ रिक्त रहेका १५ जना सहायक निर्देशकलाई उप निर्देशकमा बढुवा गरेको थियो । राष्ट्र बैंक कर्मचारी विनियमावली अनुसार कार्यसम्पादन मूल्यांकन र बरिष्ठताका आधारमा बढुवा नगरिएको भन्दै कम्युनिष्ट र काँग्रेस निकट कर्मचारी संघ...

बीमा अभिकर्ताको नयाँ लाइसेन्स रोक्न माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले नयाँ बीमा अभिकर्ताको लाइसेन्स रोक्न माग गरेको छ । संघका अध्यक्ष नन्द तिवारीले बीमा समितिका नव निर्वाचित अध्यक्ष सुर्य प्रसाद सिलवालको स्वागतका लागि आयोजीत कार्यक्रममा अभिकर्ताको नयाँ लाइसेन्स रोक्न माग गरेका हुन् । उनले हाल बीमा कम्पनीहरुले जथभावी अभिकर्ताको लाइसेन्स दिन थालेको आरो...

डेढ महिना भित्र सबै कोरोना बीमितले पैसा पाउने, अहिलेसम्म कतिले पाए ?

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आगामी डेढ महिनाभित्र सबै कोरोना बीमितहरुको दावी भुक्तानी गरिसक्ने बताएका छन् । बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई स्वागत गर्न आयोजीत कार्यक्रममा उनले आगामी डेढ महिनाभित्रै कोरोना बीमाको सम्पूर्ण भुक्तानी गरिसक्ने बताएका हुन् । निर्जीवन बीमक संघका अध्यक्ष तथा...

मासिक २ अर्ब घाटा व्यहोर्दै आयल निगम, डिजेल, पेट्रोल, एलपी ग्यासमा भारी नोक्सानी

काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ। पेट्रोलियम पदार्थको प्रचलित बजार मूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो। निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै ९७...

बीमा समितिका नव नियुक्त अध्यक्षले सम्हाले कार्यभार, मिलेर अघि बढ्न सबैको सुझाव

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसााद सिलवालले कार्यभार सम्हालेका छन् । उनले शुक्रबार समिति पुगेर कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेपछि आयोजीत स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सबैसँग मिलेर बीमा क्षेत्रको दिगो विकास र स्थायीत्वका लागि काम गर्ने बताए । उनले आफु बीमा क्षेत्रको विज्ञ नभएपनि...

समृद्ध नेपाल बनाउन आगामी १० वर्ष महत्वपूर्ण छ -उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफीज) संघको अन्र्तक्रियामा बोल्दै परिसंघका अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने...

बीमा क्षेत्र समस्या नै समस्याले बनेको पहाड जस्तै रहेछ, बदमासी गरियो भने थप्पड हान्छु

बीमा समिति अविभावक र तपाईहरु सबै जना परिवारका सदस्य हुनुहुन्छ । अविभावक भनेपछि तपाईहरुका समस्या र गुनासाहरु सुन्ने र समाधान गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । त्यसका लागि सिंगो समिति परिवार प्रतिवद्ध छ । मलाई सबै भन्दा मन नलाग्ने भनेको गफ गर्न हो । आज एउटा कुरा गर्यो,...

सिभिल बैंकको सेयरमूल्य समायोजन, ८ प्रतिशत बोनस सेयर वितरण गर्दै

काठमाडौं । शुक्रवार सिभिल बैंकको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको प्रस्तावित ८ प्रतिशत बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको बिहीवार कायम अन्तिम मूल्य रू. २३२ लाई आधार बनाई बोनस पछिको मूल्य रू. २१५ तोकेको हो । सेयरधनीहरुले मात्र बैंकको...

रूरू जलविद्युतलाई ग्रेड-३ रेटिङ्ग, पायो प्रिमियम मूल्यमा आईपीओ विक्री गर्ने अनुमति

काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल रू. ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता शेयर विक्री गर्न माघ २१ गते...

चन्द्रागिरी हिल्सको सेयर कारोबार आइतवारदेखि दोस्रो बजारमा

काठमाडौं, धितोपत्र दोस्रो बजारमा चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतवारदेखि सुरु हुने भएको छ । कम्पनीले शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर सूचीकरण गरेसँगै आइतवारदेखि कारोबार सुरु हुने भएको हो । यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार...