अखबार खोज

मूल्य बढाएरै भए पनि भारतमा भन्दा नेपालको इन्धन महंगो बनाउन मन्त्री भट्टको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भारतभन्दा सस्तोमा तेल नबेच्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै मन्त्री भट्टले भारतभन्दा नेपालमा सस्तो भयो भने भारत तस्करी हुने दाबी गरेका हुन् । “म हस्तक्षेप गर्दिनँ । ध्यान दिनुपर्ने...

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो, मुहार फेरिने गरी केके भयो काम ?

काठमाडौं । प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो । कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक...

परिकल्पनाको ४६, अध्ययनको २६ र काम सुरू भएको १६ वर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंको आइपुगेको छ । सिन्धुपाल्चोकबाट सुरूङमार्फत् ल्याइएको पानी शनिबार सुन्दरीजलमा खसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराए । काम सुरू भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक, मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो । मेलम्ची आयोजनाको परिकल्पना गरेको...

आईपीओ भर्ने एक चौथाईभन्दा कमले गर्छन् अनलाइन सेयर किनबेच, बाँकी के गर्छन् ?

काठमाडौं । अनलाइन सेयर कारोबार गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । यस्ता लगानीकर्ताको संख्या करिब साढे ४ लाख पुगेको नेप्सेले जनाएको छ । हालसम्म डिम्याट खोल्ने सर्वसाधारणको संख्या ३० लाख ४१ हजारभन्दा बढी छ । जसमध्ये साढे १५ लाखले आपीओ भर्ने गरेका छन् । अनलाइन युजरनेम पासवर्ड लिनेको संख्या...

ल्होसार सकिएसँगै खुल्यो तीन सातादेखि बन्द रसुवागढी नाका

काठमाडौ‌ । ल्होसार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो । रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका...

झापामा ‘वाटर किङ्डम पार्क’ सञ्चालनको तयारी, ३५ करोड लगानीमा बन्यो पूर्वाधार

झापा । झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ । स्थानीय व्यवसायीको करीब ३५ करोडको लगानीमा जिल्लाकै सुविधा सम्पन्न पार्क निर्माण गरिएको पार्क औपचारिकरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालकले जनाएका छन् । पार्क सञ्चालकसमेत रहेका कार्यकारी निर्देशक राजकुमार सङ्ग्रौलाका...

तीन दर्जन नयाँ ब्रोकर थप्ने तयारी तर बैंकका सहायकले नपाउने

काठमाडौं । नेपाल धितापत्र बोर्डले तीन दर्जन भन्दा बढी ब्रोकर थप्ने तयारी गरेको छ । तर त्यस्ता नयाँ ब्रोकरहरु केन्द्रमा नभएर प्रदेशहरुमा थपिनेछन् । बोर्डले हरेक प्रदेशमा कम्तिमा पाँच वटाका दरले ब्रोकरलाई लाइसेन्स बाढ्ने योजना बनाएको हो । तर बैंकका सहायक कम्पनीहरुलाई भने ब्रोकर लाइसेन्स दिइने छैन् । अर्थ...

दुई हप्ता नपुग्दै दोश्रो पटक बढ्यो हवाई भाडा, काठमाडौं-धनगढी यात्रा ३१० रुपैयाँ महंगीयो

काठमाडौं । दुई हप्ता नपुग्दै हवाई भाडा दोश्रो पटक वृद्धि भएको छ । नेपाल आयल निगमले दुई साताकै अवधीमा हवाई इन्धनको मूल्य प्रति लिटर ७ रुपैयाँले वृद्धि गरेपछि नेपाल बायुसेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको थियो । १२ दिनको अवधीमा हवाई भाडा अधिकतम ३१० रुपैयाँले बढेको छ...

नयाँ सरकारको विषयमा कांग्रेसको मत बाझियो, नेतैपिच्छे अलग-अलग धारणा

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनापछि नयाँ राजनीतिक परिस्थितिकाे बारेमा प्रमुख प्रतिपक्षी दलको स्पष्ट धारणा नआइरहेकाे बेला पौडेलले  माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्ने संकेत दिएका हुन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको...

अर्थतन्त्र ४.६ प्रतिशत माइनसमा, कोरोनाले जित्यो भूकम्प र नाका बन्दीको क्षतिलाई

काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रलाई भूकम्प र नाका बन्दीको भन्दा ठूलो क्षति पुर्याएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक(माइनस)मा गएको हो । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार पहिलो तीन महिनामा अर्थतन्त्रमा भारी संकुचन आएको हो । विभागका अनुसार...