अखबार खोज
संसदीय समितिको प्रश्नः फास्ट ट्रयाकमा चिनियाँमात्र कसरी योग्य भए ?
काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (एक्स्प्रेस वे)अन्तर्गत ‘फेज–टु’ को ठेक्का विषयमा परेको उजुरीका सम्बन्धमा आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सम्बन्धित पक्षसँग जानकारी लिएको छ । रक्षा सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधिलाई बैठकमा बोलाएर समितिले उक्त विषयमा जानकारी लिएको हो । उक्त आयोजनाअन्तर्गतको...
गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सकियो, फराकिलो बन्दै चीन जोड्ने सडक
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले...
फेसबुकमार्फत ठगीगर्ने सङ्गठित गिरोह पक्राउ, यसरी जोगिनुस अनलाइन ठगीबाट
काठमाडौं । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ह्वाट्सएप...
उठ्दैछ नेपाल, तंग्रिए भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४ सय ८५ सम्पदा
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनःनिर्माण गरेको छ । वि.सं. २०७४ फागुन ३ गतेअघि ८० सम्पदा पुनःनिर्माण भएकामा त्यसपछि ४८५ पुरातात्विक सम्पदाका पुनःनिर्माण भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबार मूल भवन उद्घाटनपछि सार्वजनिक गरकेो ‘सरकारका तीन वर्षे प्रमुख उपलब्धि’...
हवाई पूर्वाधारमा फड्को, के के भयो त काम ?
काठमाडौं । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण...
दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ
काठमाडौं । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै...
खोपको प्रभावकारिता ७८ प्रतिशत, शरिर चिनेर खोपले त्यहीअनुसार काम गर्न थाल्छः डाक्टर
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८...
पुरानालाई टक्कर दिँदै नयाँ जीवन बिमा कम्पनी, व्यवसाय ३७.५५ प्रतिशतले बढ्यो
काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले पुराना जीवन बिमा कम्पनीहरुलाई टक्कर दिन थालेका छन् । व्यवसायको आकार सानो भए पनि नयाँ जीवन बीमा कम्पनीहरुको विस्तार दर भने आक्रामक देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आक्राम ढंगले व्यवसाय विस्तार गर्नेहरुमा अधिकांश नयाँ जीवन बीमा कम्पनीहरु अघि देखिन्छन्...
यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । उक्त समीक्षा प्रस्तुत लिंकमा पढ्न सकिन्छ । Mid Term Review of Monetary Policy 2077-78
विद्यालय तहको अन्तिम परीक्षा जेठभित्र, असारदेखि नयाँ शैक्षिक शत्र
काठमाडौं । सरकारले आगामी जेठ महिनाभित्र विद्यालय शिक्षाको सबै तहका सम्पूर्ण परीक्षा सकेर असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा नियमावली संशोधनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जेठभित्र विद्यालय तहको सम्पूर्ण परीक्षा सकेर...